हिन्दू राष्ट्रको माग बहुमतले अस्वीकृत

53

काठमाडौं, भदौ २८

संविधानसभा बैठकले नेपालको संविधानको परिमार्जित विधेयक, २०७२ का २४ वटा धाराहरु पारित गरेको छ । नयाँ बानेश्वरमा सोमबार बिहानैदेखि बसेको संविधानसभा बैठकले संविधानको धारा १ देखि १४ सम्मका धाराहरु पारित गरेको हो । आइतबार तीन वटा धाराहरु पारित भएका थिए । संविधानको धारा ४ मा अब नेपाल धर्मनिरपेक्ष रहने व्यवस्था गरिएको छ । तीन दलको संशोधनमा धर्मनिरपेक्ष भन्नाले सनातनदेखि चलि आएको धर्म संस्कृतिको संरक्षणलगायत धार्मिक, सांस्कृतिक स्वतन्त्रता सम्झनुपर्छ’ भनिएको छ । राप्रपा नेपालका कमल थापा लगायतले राखेको संशोधन प्रस्ताव भने संविधानसभाको बहुमतले अस्वीकृत गरेको थियो । साथै यसलार्इ संविधान विधेयकको अंग बनेको प्रस्ताव स्वीकृत भएको छ । धर्मनिरपेक्षता खारेज गरी हिन्दू राष्ट्र कायम गर्नुपर्ने पक्षमा संविधानसभाका २१ सभासद मात्रै थिए । धारा ७ मा नेपाली भाषा सरकारी कामकाजको भाषा हुने उल्लेख छ । धारा ८ मा अहिलेकै राष्ट्रिय झण्डालाई कायम राख्ने गरी यो धारा संविधानको परिमाजित विधेयकको अंग बनाउने प्रस्ताव पारित गरेको छ । काँग्रेसका डा. शेखर कोइराला लगायत एमाओवादीका केही सभासद्हरुले पेश गरेका संशोधन प्रस्तावहरु भने फिर्ता लिएका थिए । साना दलका प्रस्तावहरु भने बहुमतका आधारमा अस्वीकृत भएका थिए । संविधानसभाको अर्को बैठक सोमबार नै दोश्रो पटक बस्दैछ ।

 

Womui
Womui