जन्मेको गाउँमै मृतक थमनको अन्त्यष्टी ( फोटो सहित )

136

नेपालगन्ज, भदौ २७–
आन्दोलनर पक्षद्धारा महोत्तरीमा मारिएका सशस्त्र प्रहरी सहायक निरिक्षक थमनबहादुर विश्वकर्माको आइतबार अन्त्यष्टी गरिएको छ । उनी जन्मेको कचनापुर–५ मदुई बाँकेस्थित राप्तीघाटमा हिन्दु परम्परा अनुसार अन्त्यष्टी गरिएको हो । अन्त्यष्टीमा सशस्त्र प्रहरीले सलामी दिएको थियो ।

सलामी दिदै सशस्त्र प्रहरी टोली ।
सलामी दिदै सशस्त्र प्रहरी टोली ।

अन्त्यष्टीमा ठुलो संख्यामा मलामीहरु सहभागि भए । अन्त्यष्टी गर्नुअघि घरमा भेला भएका परिवार, आफन्त तथा गाउँलेहरुले थमनप्रति श्रदाञ्जली दिएका थिए । सशस्त्र प्रहरी औद्योगिक गण कारकाँदोमा बिहान सशस्त्र प्रहरी नौवस्ता तालिम केन्द्रका प्रमुख सशस्त्र प्रहरी बरिष्ठ उपरिक्षक गोपाल मिश्र, सिमा सुरक्षा कार्यालय महेन्द्रनगर बाँकेका प्रमुख सशस्त्र प्रहरी उपरिक्षक सम्भु सुवेदी लगायत अधिकारीले श्रदाञ्जली दिएका थिए ।

मृतक थमनबहादुर विश्वकर्माको अन्त्यष्टी गरिदै । तस्बिरहरु : खडानन्द डाँगी
मृतक थमनबहादुर विश्वकर्माको अन्त्यष्टी गरिदै ।
तस्बिरहरु : खडानन्द डाँगी
Womui
Womui