उपाध्यक्ष खत्रीद्वारा होम आइसोलेसन र स्वास्थ्य केन्द्र अनुगमन

59

नेपालगन्ज– दोस्रो लहरको कोरोना भाइरसको महामारीले संक्रमित भएर राप्तीसोनारी गाउँपालिकाका धेरैजसो व्यक्ति होम आइसोलेसनमा बसिरहेका छन् । होम आइसोलेसनमा बसेका व्यक्ति र स्वास्थ्य संस्थाको समस्या र अवस्था बुझ्न आइतबार राप्तीसोनारी गाउँपालिका उपाध्यक्ष धनीकुमारी खत्रीले स्वास्थ्य संस्था एवम् होम आइसोलेसनमा बसेका व्यक्तिहरुको अनुगमन गरेकी छिन् । उपाध्यक्ष खत्री अनुगमनका क्रममा राप्तीसोनारी गाउँपालिका वडा नम्बर १, वडा नम्बर ३ र वडा नम्बर ४ पुगेकी हुन् ।

कोरोना महामारीले निम्त्याएको संकटका बेला जनताको आवश्यकता बुझ्न एवम् जनचेतनामूलक सन्देश प्रवाह गर्दै वडा नम्बर १, वडा नम्बर ३ र वडा नम्बर ४ पुगेको उनले बताइन् ।

अप्ठेरो परेको खण्डमा रातबिरात नभनी गाउँवासीको सेवामा खटिने छवि बनाएकी उपाध्यक्ष खत्रीले अनुगमनका क्रममा होम आइसोलेसनमा बसेकालाई स्वास्थ्य मापदण्ड पालना गरी स्वास्थ्यकर्मी भनेअनुसार गर्न र केही अप्ठेरो भए आफूलगायत स्वास्थ्यकर्मीलाई तत्काल खबर गर्न उनले सुझाएकी छिन् । साथै स्वास्थ्यकर्मीलाई पनि होम आइसोलेसनमा बसेकाले खबर गर्ना साथ आवश्यक बन्दोबस्ती मिलाएर त्यहाँ पुग्न निर्देशन दिएको बताइन् ।

Womui
Womui