राप्तीसोनारीका प्रमुख बिकलाई बिदाइ लेखापाल शाहीलाई स्वागत

90

नेपालगन्ज– बाँकेको राप्तीसोनारी गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतलाई बिदाइ गरिएको छ भने लेखापाललाई स्वागत गरिएको छ । बिदाइ हुनेमा निवर्तमान प्रमुख प्रशासकीय अधिकृत नरबहादुर बिक रहेका छन् भने लेखापाल नागेन्द्रबहादुर शाहीलाई स्वागत गरिएको छ ।

कोरोना कहरको बीचमा बिदाइ र स्वागत कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर शाही, लेखा अधिकृत गौरबकुमार लामिछाने र शिक्षा शाखा प्रमुख जीवन न्यौपानेलगायतका कर्मचारीको उपस्थिति रहेको थियो । कर्मचारीलाई बिदाइ र स्वागत गर्ने परिपाटी स्थानीय तह सञ्चालन भए यता गाउँपालिकाले गर्दै आएको छ । यतिबेला गरिएको बिदाइ र स्वागत कार्यक्रममा कोरोना महामारीका कारण जनप्रतिनिधिको उपस्थिति हुन नसके पनि कर्मचारीहरु मिलेर बिदाइ तथा स्वागत गरिएको प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर शाहीले जानकारी दिए ।

Womui
Womui