कोरोना संक्रमणले राप्तीसोनारीका वडा सदस्यसहित २ को मृत्यु

70
राप्तीसोनारी गाउँपालिका वडा नम्बर ६ का वडासदस्य तारा कसेरा ।

नेपालगन्ज– कोरोना संक्रमणले राप्तीसोनारी गाउँपालिकाका वडा सदस्यसहित २ को मृत्यु भएको छ । राप्तीसोनारी गाउँपालिका वडा नम्बर ६ का वडासदस्य तारा कसेरा र वडा नम्बर २ का ७३ वर्षीय एक पुरुषको आइतबार मृत्यु भएको हो । उनीहरु दुवैको भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको राप्तीसोनारी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सुरेश शर्माले बताए ।

वडासदस्य कसेरा विगत एक सातादेखि भेरी अस्पतालको कोभिड वार्डमा भर्ना भएकोमा स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि मृत्यु भएको वडा नम्बर ६ का वडाध्यक्ष जनकबहादुर थारुले बताए। वडा अध्यक्ष थारुका अनुसार सुगर र प्रेसरले ग्रसित केसरा विगत १५/२० दिनदेखि बिरामी थिए भने एक हप्तादेखि भेरी अस्पतालमा उपचार गराइरहेका थिए ।

त्यस्तै वडा नम्बर २ का मृतकको एक हप्तादेखि भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य शाखा प्रमुख शर्माले बताए ।

Womui
Womui