मोर्चाको शक्ति प्रर्दशनमा एक घर, एक व्यक्ति

37

नेपालगन्ज, भदौ २७–
शक्ति प्रर्दशन गर्ने तयारी गरेको मधेसी मोर्चा बाँकेले एक घर, एक व्यक्ति अनिवार्य सहभागि गराउने भएको छ । शक्ति प्रर्दशनका लागि प्रत्येक घरबाट एक जना व्यक्तिलाई अनिवार्य सहभागि गराउने मोर्चाले पत्रकार सम्मेलनमा जानकारी दिएको हो । मोर्चाले यही भदौ २९ गते पुरैनीस्थित बाबा कुट्टी बगियामा बिरोध सभा गर्दैछ । सभापछि नेपालगन्ज क्षेत्रमा बृहत शक्ति प्रर्दशन गर्ने मोर्चाका नेताले बताएका छन् । बिरोध सभामा मोर्चाका केन्द्रिय स्तरका नेताहरुले सम्बोधन गर्नेछन् ।

पत्रकार सम्मेलनमा बोल्दै मोर्चाका नेता विजय गुप्ता ।

स्थानीय प्रशासनले असहज परिस्थितीलाई मध्यनजर गर्दै एक साता अघि राँझादेखि जमुनाहा र नन्दनी मिलदेखि फुलटेक्रा सम्मलाई निषेधित क्षेत्र घोषणा गरी सभा, जुलुस गर्नमा प्रतिवन्ध लगाएको छ । शान्तिपुर्ण रुपमा सञ्चालित आफुहरुको आन्दोलनलाई कमजोर बनाउन स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको बताउँदै भदौ २९ गते गाउँ–गाउँबाट आउने मधेसी जनताले निषेधाज्ञा तोड्ने मोर्चाका नेताहरुले बताएका छन् ।  पत्रकार सम्मेलनमा बोल्दै मोर्चाका प्रवक्ता एवम तराई मधेस लोकतान्त्रिक पार्टीका केन्द्रिय सदस्य पशुपति दयाल मिश्रले आन्दोलन कमजोर बनाउन सरकारले अनेक योजना बनाएको दाबी गरे । अर्का नेता विजय गुप्ताले तराईबासीको आन्दोलनमा सरकार सम्वेदनशिल नभएको भन्दै दुःख व्यक्त गरे । पत्रकार सम्मेलनमा मोर्चाका संयोजक एवम् पुर्वमन्त्री मोहम्मद ईस्तियाक राई आएनन् ।2

Womui
Womui