तीन वटा धारा पारित गर्दै संविधानसभाको मतदान प्रक्रिया स्थगित

37

काठमाडौँ, भदौ २७

आइतबार साँझ ५ बजे बसेको संविधानको परिमार्जित विधेयकमाथिको मतदान प्रक्रियामा तीन वटा धारालाई पारित गर्दै स्थगित गरिएको छ । संविधानसभाको बैठकमा प्रस्तुत संविधानको परिमार्जित विधेयकमाथि मतदान सुरु भएपछि बैठकले संविधानको तीन वटा धारालाई नेपालको संविधानको विधेयकको अंग बनाइयोस् भन्ने प्रस्ताव बहुमतले पारित गर्दै स्थगित भएको हो । संविधानको धारा १ र २ मा कुनै संशोधन नै परेको थिएन । धारा ३ मा कांग्रेस, एमाले र एमाओवादीले राखेको संशोधन बहुमतले पारित गरेको छ । सभासद रामकुमार राई, विश्वेन्द्र पासवान र अनुराधा कोइरालाले राखेको संशोधन प्रस्ताव बहुमतले अस्वीकृत गरेको छ ।

 

Womui
Womui