आन्दोलनको नाममा साम्प्रदायिक सद्भाव नभड्का‍‌औः ओली

55
काठमाडौं, भदौ २७‍
kpनेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आन्दोलनका नाममा साम्प्रदायिक सद्वभाव नभड्काउन आन्दोलनरत पक्षसँग आग्रह गरेका छन् ।  आइतबार संविधानसभा बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आन्दोलनको नाममा देशमा साम्प्रदायिक सद्भाव भड्किएको बताउँदै यस्तो कार्य नगर्न आन्दोलनरत पक्षसँग आग्रह गरेका हुन् । उनले  प्रहरीलाई जलाउने, जाति जातिलाई लडाउने गरी अहिले भइरहेको दङ्गाले द्वन्द्व र भीडन्त मात्र उत्पन्न हुने भएकाले आन्दोलनको आवश्यकता नरहेको पनि बताए। उनले नमिलेका कुरा वार्तामा बसेर छलफलद्वारानै निकास निकाल्नु पर्ने बताउँदै आन्दोलनका नाममा साम्प्रदायिक सद्भाव भड्काउन नहुने बताए ।

अध्यक्ष ओलीले सबै कुरा तत्काल संविधानमा उल्लेख गर्न नसकिने भन्दै हिंसाको भरमा आफ्ना माग सम्बोधन हुन्छ भन्ने सोच्नु साम्प्रदायिक सद्भाव भड्काउने कामबाहेक केही नहुने बताए । अध्यक्ष ओलीले धेरै माग राख्दा पहिलो संविधानसभा असफल भएको जनाउँदै दोस्रो संधिवानसभामा सबैले अपनत्व गर्दै संधिवान जारी गर्न आग्रह गरे। लोकतन्त्रमा सहमति भएपनि त्यसलाई लोकतान्त्रिक तरिकाले नै आफ्नो माग राख्रनु पर्ने र आफ्नो अभिमत दर्ज गर्दै संधिवान जारी गर्न ओलीले आग्रह गरे। आफूलाई चित्त नबुझेका कुरा भोलिका दिनमा छलफलमा राख्न सकिने बताउँदै उनले सबै वर्ग, समुदाय, जातजातिका आआफ्ना माग भएपनि त्यसैलाई आधार मानेर संधिवान रोक्नु भनेको साम्प्रदायिक सद्भाव भड्काउन बाहेक केही नहुने भन्दै आन्दोलनरत पक्षलाई वार्तामा आउन आग्रह गरे ।

Womui
Womui