संविधानको ५६ वटा संशोधन प्रस्ताव उपर ५ बजेदेखि मतदान

56

काठमाडौं, भदौ २७

sambidhan savhaसंविधानको परिमार्जित विधेयकमाथि दर्ता भएका ५६ वटा संशोधन प्रस्ताव उपर आज ५ बजेदेखि मतदान हुने भएको छ । संविधानको विधेयकमा परेका संशोधनहरुमाथि छलफल आइतबार सकिए पछि आज साँझ ५ बजेदेखि मतदान हुने भएको हो ।  संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले अर्को बैठक ५ बजेका लागि बोलाएका हुन् ।

बैठकमा प्रधानमन्त्री सुशील कोइराला, नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छे,  एमाले अध्यक्ष केपी शर्मा ओली, राप्रपा नेपालका अध्यक्ष कमल थापा, एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले सम्बोधन गरेका थिए।

Womui
Womui