गौरमा प्रहरीको गोली लागि दुई घाइते

44

गौर, भदौ २७

रौतहटको गौरमा कर्फ्यु अवज्ञा गर्दै दुई-तीन हजार प्रदर्शनकारीले प्रहरीमाथि ढ्ंगामुढा प्रहार गरेपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले दुई दर्जनभन्दा बढी राउन्ड गोली प्रहार गरेको छ। कविर चोकमा प्रहरीले चलाएको उक्त गोली लागि अकोलवा–७ नहिरुद्धिन र गौर–६ लालबाबु पटेल घाइते भएका छन्। नहिरुद्धिनको चाकमा गोली लागेको छ भने ४५ वर्षे पटेलको कोखामा गोली लागेको छ । घाइते उनीहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्येका एकजना निहरुद्धिन माओवादीको भोजपुरा राज्य सिमिति सदस्य तथा वाइसिएल कार्यकल कार्यकर्ता हुन्। सुरुमा प्रदर्शनकारीले ढुंगामुढासँगै गोली फायरिङ भएपछि प्रहरीले ८ राउन्ड हवाइ फायर गरेको थियो।

Womui
Womui