विराटनगरमा सयौं आन्दोलनकारी सडकमा ओर्लिए

63
विराटनगर, भदौ २७
संयुक्त मधेसी मोर्चाले विराटनगर उप–महानगरपालिका तथा आसपासका गाविसबाट सयौं आन्दोलनकारी प्रदर्शनमा उतारेको छ। आजको प्रदर्शनमा संघीय समाजवादी फोरम, तराई मधेस लोकतान्त्रिक पार्टी, तराई मधेस सद्भावना पार्टीलगायत छन्। यो प्रदर्शनमा जयप्रकाश गुप्ताले नेतृत्व गरेको तराई मधेस राष्ट्रिय अभियान सम्बद्ध पनि छन्। प्रदर्शनपछि महेन्द्र चोकमा पुगेर कोणसभा गर्ने योजना रहेको तराई मधेस लोकतान्त्रिक पार्टीले जनायो । विराटनगर तथा आसपासका ग्रामीण इलाकाबाट आन्दोलनरत पार्टीहरूले ट्याक्टरमा कार्यकर्ता लिएर प्रदर्शनमा सहभागी गराएका हुन्।
Womui
Womui