डुडुवाका शैक्षिक संस्था एक साताका लागि बन्द

53

डुडुवा (बाँके)– बाँके डुडुवा गाउँपालिकाले भोलि बिहीबारदेखि एक साताका लागि गाउँपालिका अन्तर्गतका सम्पूर्ण शैक्षिक संस्था बन्द गरेको छ । विश्वव्यापी रूपमा तीव्र गतिले फैलिरहेको नयाँ भेरियन्टसहितको कोभिड–१९ संक्रमणको दोस्रो लहरले पालिका अन्तर्गतका विभिन्न विद्यालयका शिक्षक र विद्यार्थीमा कोरोना संक्रमण बढ्दै गएपछि जोखिम न्युनीकरण गर्न शैक्षिक संस्थाहरु बन्द गरिएको हो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रशुराम उपाध्यायले बुधबार एक सूचना जारी गरी भोलि बुधबारदेखि वैशाख १५ गतेसम्म विद्यालय बन्द रहने जानकारी गराए । गाउँपालिकाले यस अघि सबै विद्यालयमा सावधानी तथा जोखिम न्युनीकरण गर्न स्वास्थ्य सामाग्री वितरण गरिसकेको छ ।

दैनिक संक्रमणको दर वृद्धि भएपछि सम्पूर्ण नागरिकलाई उच्च सतर्कता अपनाउन गाउँपालिकाले अपिलसमेत गरेको छ । गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले यो समयमा विशेष गरी घरभन्दा बाहिर ननिस्कने, बढी भिडभाड हुने स्थानमा नजाने, मास्क लगाउने तथा स्वास्थ्य सरसफाइमा ध्यान दिने लगायतका मापदण्ड पूर्ण रुपमा कार्यान्वयन गर्न सबैलाई अनुरोध गरेका छन् ।

Womui
Womui