सीमित सेवा प्रदान गर्दै जिल्ला अदालत बाँके

171

नेपालगन्ज–कोरोना कहर बढ्दै गएपछि बाँकेमा बुधबार राति १२ बजेदेखि लागू हुने गरी एक साताका लागि लकडाउन हुँदै छ । बाँकेमा लकडाउन सुरु भएसँगै कोरोना कहरलाई मध्यनजर गर्दे बाँके जिल्ला अदालतले निषेधाज्ञा अवधिमा अत्यावश्यक सेवा मात्र प्रदान गर्ने भएको छ । बुधबार बसेको बार र बेञ्चको बैठकबाट बन्दीप्रयक्षीकरण, म्याद थप, जरुरी पक्राउ पुर्जी जारी तथा समर्थन, अभियोग पत्र दर्ता तथा थुनछेक, मिलापत्र तथा मुद्दा फिर्ता, घरेलु हिंसाका मुद्दा दर्ता, कल डिटेल अनुमति प्रदान गर्नेबाहेक सम्पूर्ण सेवा बन्द रहेको बाँके जिल्ला अदालत बार एशोसिएसनका अध्यक्ष जनकबहादुर शाहीले जानकारी दिए

Womui
Womui