राप्तीसोनारी गाउँपालिका अध्यक्ष थारुलाई कोरोना संक्रमण

209

नेपालगन्ज– राप्तीसोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारु कोरोना संक्रमित भएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि कोरोना चेकजाँचका लागि आइतबार दिइएको स्वाबमा उनलाई कोरोना पोजेटिभ देखिएको हो ।

अध्यक्ष थारु अहिले होम आइसोलेसनमा बसेर उपचार गराइरहेका छन् । उनी विगत केही दिनदेखि अस्वस्थ थिए । अस्वस्थ भएपछि उनलाई भेटन जानेको संख्या बढेको थियो । आफूलाई कोरोना संक्रमण पुष्टि भइसकेपछि भेट्न आउने सबैलाई स्वाब संकलन गर्न आग्रह गरेका छन् ।

कोरोना संक्रमण भए पनि आत्मविश्वास साथ स्वास्थ्य मापदण्ड पूरा गरी उपचार गर्न/गराउन सम्पूर्णमा अध्यक्ष थारुले आग्रह गरेका छन् । विकास प्रेमीको छवि बनाएका अध्यक्ष थारु अहोरात्र जनताको सेवामा खट्ने जनप्रतिनिधिको रुपमा गनिन्छन् । उनलाई कोरोना संक्रमण पुष्टि भएपछि सामाजिक सञ्जालमा स्वास्थ्य लाभको कामना गरिरहेका छन् ।

यस घडीमा छिनछिन खबर पब्लिकेसन प्रालि अध्यक्ष लाहुराम थारुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछ ।

Womui
Womui