जापानको अर्थतन्त्र ४.८ प्रतिशतले गिरावट

37


टोकियो–जापानको अर्थतन्त्रमा सन् २०२० को चौथो त्रैमाससम्ममा वृद्धि भएको छ । तर यस देशको नकारात्मक वृद्धिलाई नियन्त्रण गर्नका लागि यो पर्याप्त भने देखिएन । जापानको अर्थतन्त्र २०१९ को सोही अवधि अर्थात् अक्टोबरदेखि डिसेम्बरसम्मको तुलनामा ३ प्रतिशतले वृद्धि हुने आशा गरिएको थियो । तर अघिल्लो त्रैमासभन्दा आर्थिक वृद्धि सुस्त पाइएको छ। सो समयमा आर्थिक वृद्धि ५ प्रतिशतले बढेको थियो ।

जापानको अर्थतन्त्र एक वर्षमा ४.८ प्रतिशतले संकुचित भएको छ । यो सन् २००९ पछिको पहिलो आर्थिक संकुचन हो । जापानको निक्केई सूचकले १९९० पछि पहिलो पटक ३० हजार विन्दु माथि पुगेपछि सो तथ्यांक देखिएको हो । विश्वको तेश्रो ठूलो अर्थतन्त्र भएको देश जापानले युद्ध पछिको सबैभन्दा नराम्रो संकुचन अप्रिलदेखि जुनको बिचमा खेप्नुपर्यो। कोरोना महामारीका कारण उपभोग तथा निर्यातमा असर परेपछि संकुचन भएको हो । तर जापानका अर्थतन्त्रका मुख्य दुई चालक उपभोग तथा निर्यातले वर्षको दोश्रो त्रैमासम्ममा पुनरावृत्ति गरेको थियो । यसैगरी अर्थव्यवस्थामा आधाभन्दा बढि हिस्सा रहेको निजी उपभोग पनि २०२० को अन्तिम त्रैमासमा २.२ प्रतिशतले बढेको छ। जुन अघिल्लो वर्ष ५.१ प्रतिशतले वृद्धि भएको थियो ।

यस्तै, तेश्रो र चौथो त्रैमासमा विश्वकै बलियो आर्थिक विकास गरेकाले पनि जापानका व्यवसायलाई अन्य देशहरुमा आफ्ना उत्पादन बेच्नलाई सहयोग पुग्यो। जापानको वार्षिक वृद्धिदर, जसले त्रैमासिक वृद्धिलाई वर्षभरको वृद्धि कायम राख्न सक्ने मानिन्छ, १२.४७ प्रतिशत रहेको छ। यसले जापान तिव्र तथा शक्तिशाली आर्थिक पुर्नस्थापनामा फर्कने संकेत गर्दछ । तर कोरोना महामारीको दोश्रो लहरका कारण बनाइएका प्रतिबन्धका बिचमा आर्थिक वृद्धि अझै पनि कमजोर छ ।

सिंकिन सेन्ट्रल बैंक रिसर्चका वरिष्ठ अर्थशास्त्री टाकुमी सुनोदाका अनुसार विश्वका पश्चिम अर्थव्यवस्थाहरुका तुलनामा भ्याक्सिन वितरणमा जापान पछि रहेकाले जापानले आर्थिक सुधारका लागि थप संघर्ष गर्नुपर्ने अपेक्षा छ। पहिलो त्रैमाससम्ममा जापानले नकरात्मक वृद्धिलाई पन्छ्याउन नसक्ने स्थिति रहेको उनी बताउँछन् । यस वर्ष कोरोना भाइरसको नयाँ संक्रमण थप फैलने सम्भावना छ जसको अर्थ उपभोग अपेक्षा अनुसारको गतिमा सुधार नहुने पनि उनको भनाइ छ । डिसेम्बरमा जापान सरकारले विश्वको दोश्रो ठुलो अर्थतन्त्रलाई खस्कदो अवस्थाबाट निकाल्नका लागि अर्को चरणको प्रोत्साहन घोषणा गरेको थियो । ७.६३ ट्रिलियन येनको प्याकेजले जापानको कुल प्रोत्साहन खर्चलाई ३ ट्रिलियन डलर पु¥यायो । एजेन्सी

Womui
Womui