गहुँको समर्थन मूल्य ३ हजार १ सय १२ रूपैयाँ

188


छिनछिन खबर
काठमाडौं
–कृषि तथा पशुपक्षी मन्त्रालयले गहुँको न्यूनतम समर्थन मूल्य तोकेर उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सिफारिस गरेको छ । मन्त्रालयले यस वर्षका लागि प्रति क्विन्टल ३ हजार १ सय १२ रूपैयाँ गहुँको न्यूनतम समर्थन मूल्य तोकेर मन्त्रालयमा सिफारिस गरेको कृषि तथा पशुपन्छी व्यवसाय प्रवर्द्धन महाशाखाका सहसचिव तथा मन्त्रालयका प्रवक्ता डा.श्रीराम घिमिरे बताए ।

अघिल्लो वर्ष तीन हजार १५ रुपैयाँ गहुँको न्यूनतम समर्थन मूल्य कायम गरिएको थियो । उत्पादन लागत दुई हजार ३ सय १९ रूपैयाँ, ढुवानी खर्च २ सय ३१ रूपैयाँँ ९ र किसानलाई नाफा ४ सय ६३ रूपैयाँ तीन हजार १५ रूपैयाँ समर्थन मूल्य तोकिएको थियो । अघिल्लो वर्षको तुलनामा यस वर्ष केही रकम बढाएर गहुँको न्यूनतम समर्थन मूल्य निर्धारण गरिएको प्रवक्ता डा घिमिरेले बताए ।


आपूर्ति मन्त्रालयले छलफल गरेसँगै मन्त्री परिषद्ले निर्णय गरेसँगै गहुँको न्यूनतम समर्थन मूल्य लागु हुने छ । गहुँको मूल्य गत वर्ष पनि तोकिएको थियो । तर सरकारले नै खरिद गर्ने नीति बनाएको थिएन ।‘ त्यो भन्दा कम मूल्यमा व्यापारीले किने सरकार आफैंले किनिदिन्छ । गहुँको खेती सबैभन्दा बढी प्रदेश २ मा हुने गरेको छ । आर्थिक वर्ष २०७०÷७१ मा ७ लाख ५४ हजार ४७४ हेक्टर क्षेत्रफलमा गहुँ उत्पादन हुन्थ्यो भने आर्थिक वर्ष २०७६÷७७ मा क्षेत्रफल घटेर ७ लाख ७ हजार ५०५ हेक्टरमा गहुँ उत्पादन भएको थियो । गहुँको उत्पादन तथा उत्पादन दर क्रमश घट्ने क्रममा रहेको छ ।

Womui
Womui