गाँजासहित युवती पक्राउ

146

काठमाडौं– गाँजासहित प्रहरीले एक युवतीलाई पक्राउ गरेको छ । कागेश्वरी मनोहरा नगरपालिका–८ शिवचोक डेरा गरी बस्ने मोरङ घर भएकी २२ वर्षीया सपना राजबंशीलाई करिब ५ केजी गाँजासहित प्रहरीले पक्राउ गरेको हो । 

युवतीको कोठामा लागुऔषध लुकाइ राखेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले कोठा तलासी गर्दा उक्त परिमाणको लागुऔषध फेला पारी पक्राउ गरेको हो। घटनामा संलग्न फरार सिन्धुपाल्चोक मेलम्ची घर भएका २६ वर्षीय ईश्वर आचार्यलाई प्रहरीले खोजी गरिरहेको जनाएको छ ।

Womui
Womui