गोली चलाएर आफ्नै छोरीको हत्या !

191

बैतडी– बाबुले आफ्नै छोरीमाथि गोली चलाएका छन् । जिल्लास्थित पुर्चौडी नगरपालिका वडा नम्बर १० का धनसिंह महराले आफ्नै छोरी माथि गोली चलाएका हुन् । २० वर्षीया विवाहित छोरी बेलमतिमाथि चलाइएको गोलीका कारण उनको घटनास्थलमै मृत्यु भएको पुरघाट प्रहरी चौकीले जनाएको छ ।

बेलमतीको घाँटीमा गोली लागेको थियो । किन एक बाबुले आफ्नै छोरी माथि गोली चलाए ? स्थानीयमा प्रश्न उब्जिएको छ भने घटनाबारे थप अनुसन्धानपश्चात् यकिन साथ भन्न सकिने प्रहरीले जनाएको छ ।

Womui
Womui