तेन्जिङ नोर्गे शेर्पाको चलचित्र बनाउन जुट्यो बाराक ओबामाको कम्पनी

66


छिनछिन खबर
काठमा
डौं– सगरमाथामा पहिलोपटक पुग्ने तेन्जिङ नोर्गे शेर्पाबारे चलचित्र बन्ने भएको छ । जुन चलचित्र अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामा र उनकी पत्नी मिसेल ओबामाको प्रोडक्सन कम्पनीले निर्माण गर्ने भएको हो ।

चलचित्र एड डग्लसको पुस्तक तेन्जिङ हिरो अफ एभरेस्टमा आधारित हुने बताइएको छ । चलचित्रको नाम तेन्जिङ रहनेछ । तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्यान्डका आरोही एडमन्ड हिलारीले सन् १९५३ मे २९ मा पहिलो पटक एकसाथ सगरमाथाको सफल आरोहण गरेका थिए । एजेन्सी

Womui
Womui