भारतले नेपाललाई १५ अर्ब ८७ करोड रुपैयाँ अनुदान दिने

335


छिनछिन खबर
काठमाडौं
– भारतले यो वर्ष नेपाललाई दिने अनुदान बढाएको छ । भारतीय वित्तमन्त्री निर्मला सीतारमणले ल्याएको बजेटमा यो वर्षको लागि १५ अर्ब ८७ करोड रुपैयाँ अनुदान दिने घोषणा गरेकी छन् । गतवर्ष भारत सरकारले नेपाललाई ८ अर्ब ८० करोड भारु अनुदान दिएको थियो ।

भारतले विगतमा जस्तै यो वर्ष पनि सबैभन्दा बढी अनुदान भुटानलाई दिने बजेटमा उल्लेख छ । भुटानलाई ३० अर्ब रुपैयाँ अनुदान दिनेछ । श्रीलंका र बंगालदेशंलाई २ अर्ब, अफगानिस्तानलाई ३ अर्ब ५० करोड रुपैयाँ अनुदान दिने सीतारमणले उल्लेख गरेकी छन् । एजेन्सीको सहयोगमा

Womui
Womui