कक्षा १२ को नतिजा सार्वजनिक, ४ लाख ३३ हजारमा एक जनाको परीक्षा रद्द

184


छिनछिन खबर
काठमाडौं–
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । नतिजा अनुसार ११ हजार ४ सय ९० जनाको स्थगित भएको छ । त्यस्तै १ जनाको परीक्षा रद्द भएको छ । परीक्षामा ४ लाख ३३ हजार २ सय ७१ सहभागी थिए ।

वैशाख÷जेठमा लिइने कक्षा १२ को परीक्षा कोरोना महामारीका कारण मंसिरमा मात्रै सञ्चालन गरिएको थियो । कक्षा १२ को परीक्षा मंसिर ९ देखि १६ गतेसम्म सञ्‍चालन भएको थियो । बोर्डले कुल पूर्णाङ्कमध्ये ४० प्रतिशतको संक्षिप्त परीक्षा सञ्चालन गरेको थियो  । कार्यविधिले ४० प्रतिशत पूर्णाङ्कको संक्षिप्त परीक्षा, ४० प्रतिशत पूर्णाङ्कको कक्षा ११ को प्राप्तांक र २० प्रतिशत पूर्णाङ्कको विद्यार्थीको आन्तरिक मूल्यांकनका आधारमा मूल्यांकन गर्ने निर्णय गरेको थियो ।

Womui
Womui