बुधबारसम्म कोहलपुरका विद्यालय बन्द

139

कोहलपुर–दिनप्रतिदिन चिसो बढ्दै गएपछि कोहलपुर नगरपालिका क्षेत्रका सबै विद्यालय बुधबारसम्मका लागि बन्द गरिएको छ ।  चिसोका कारण विद्यालय जाने उमेरका बालबालिका सबैभन्दा बढी प्रभावित भएपछि कोहलपुर नगरपालिकाले नगर क्षेत्रभित्रका सबै विद्यालय बन्द गर्ने निर्णय गरेको हो । नगरपालिकाको नगर शिक्षा शाखाले माघ १९ गतेदेखि लागू हुने गरी माघ २१ गतेसम्मका लागि सामुदायिक तथा संस्थागत विद्यालय बन्द गर्न आह्वान गरेको हो ।

Womui
Womui