राप्रपा नेपाल संविधान निर्माण प्रक्रियामा फर्कियो

47

[section_tc][column_tc span=’12’][text_tc timing=’linear’ trigger_pt=’0′ duration=’1000′ delay=’0′]

छिनछिन खबर काठमाडौ, भदौ २६

संविधान निर्माण प्रक्रियाबाट बाहिरिएको राप्रपा नेपाल पुन त्यसमा सहभागी हुने भएको छ[nbsp_tc]। पार्टी कार्यालय धुम्बाराहीमा आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले संविधान निर्माण प्रक्रियामा पुन सहभागी हुने निर्णय[nbsp_tc]गरेको हो । imgresआज बसेको बैठकमा अध्यक्ष कमल थापाले संविधान निर्माणको बाँकी प्रकृयामा सहभागी हुने पहिलो प्रस्ताव गरेका थिए। उनको सो प्रस्ताव सर्वसम्मतले पारित गरिएको हो[nbsp_tc]। प्रमुख ३ दलका नेताले संविधानसभामा फर्कन आग्रह गरेपछि उ फर्कन राजी भएको हो। कांग्रेस, एमाले र एकीकृत माओवादीले पत्राचार नै गरेर राप्रपा नेपाललाई फर्कन आग्रह गरेका थिए। प्रमुख दलदेखि असन्तुष्ट रहेको राप्रपा नेपालले गत बुधबार संविधान निर्माण प्रक्रियाबाट बाहिरिने घोषणा गरेको थियो। आफूले उठाएको मुद्दा संविधानसभा भित्रै संर्घष गरेर स्थापित गर्ने बैठकले निर्णय गरेको[nbsp_tc]छ।

[/text_tc][/column_tc][/section_tc]

Womui
Womui