हत्या गरिएका असई थमनको शब हेलिकप्टरबाट ल्याइदै

48

नेपालगन्ज, भदौ २६–
आन्दोलनकारीद्धारा महोत्तरीमा शुक्रबार मारिएका सशस्त्र प्रहरी सहायक निरिक्षक थमनबहादुर बिश्वकर्माको शब आज नेपालगन्ज ल्याइदैछ । बाँके, कचनापुर–५ मदुईका स्थायी बासिन्दा थमनको परिवार केही नेपालगन्ज–२५ कारकाँदोमा बस्दै आएको छ । मृतकको शब अपरान्ह सोढ ५ बजे सम्म नेपालगन्ज बिमानस्थल आइपुग्ने सशस्त्र प्रहरीले जनाएको छ ।

मृतक थमनबहादुर बिश्वकर्मा
मृतक थमनबहादुर बिश्वकर्मा

शब आइसकेपछि सकभर आजै अन्त्यष्टी गर्ने परिवारको तयारी छ । थमनको अन्त्यष्टी कचनापुरमा गर्ने परिवार र आफन्तले तयारी गरेका छन् । कचनापुरस्थित उनको घरमा ठुलो संख्यामा गाउँलेहरु जम्मा भएका छन् । यता नेपालगन्ज–२५ कारकाँदोस्थित घरमा पनि आफन्त, इष्टमित्र तथा छिमेकीहरुको बिहानैदेखि भिड लागेको छ ।

Womui
Womui