प्रहरीचौकी आक्रमण गर्न गएका तमलोपाका सभासदसहित ४ पक्राउ, ६ राउन्ड हवाई फायर

40

सर्लाही, भदौ २६

आन्दोलनरत संयुक्त मधेसी मोर्चाका कार्यकर्ताले  शनिबार सर्लाहीको कविलासी गाविसमा रहेको प्रहरीचौकीमा आक्रमण गरेका छन् । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले ६ राउन्ड हवाई फायर गरेको छ । आन्दोलनकारीको आक्रमणबाट चौकीमा सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ । प्रहरीले आक्रमणमा संलग्न रहेको आरोपमा तराई मधेस लोकतान्त्रिक पार्टीका सभासद जंगीलाल रायसहित चारजनालाई पक्राउ गरेको छ । राय सर्लाही क्षेत्र नम्बर ५ बाट प्रत्यक्ष निर्वाचित सभासद हुन् । प्रहरीका अनुसार आन्दोलनकारीले पेट्रोल बम समेत हानेका थिए । नजिकै रहेको सशस्त्रको सीमा सुरक्षा कार्यालयबाट तत्कालै मद्दत पुगेको थियो । तमलोपाका कार्यवाहक अध्यक्ष विनय कर्ण, अनिश साथी र विजय रामपनि प्रहरी नियन्त्रणमा छन् । मोर्चाले दुई दिन अघिदेखि प्रहरी चौकी खाली गर्न दबाब दिंदै आएका थिए ।

Womui
Womui