बाँकेका ४ घर भत्काइयो, खेतबारीमा आगजनी

425

नेपालगन्ज–बाँकेमा रहेका ४ वटा घरमा डोजर चलाएर भत्काइएको छ । यसरी कानुनको बर्खिलाप गर्दै भत्काइएका घरसहित ३० घरधुरी बिचल्लीमा परेका छन् । खजुरा गाउँपालिका वडा नम्बर ३ स्थित बागेश्वरी ‘क’ ऐलानी गाउँमा वर्षौदेखि बसोबास गर्दै आएका ४ घरमा मनोमानी तवरले डोजर चलाएर घर भत्क्याइएको हो ।

आफू नभएको अवस्थामा डोजर चलाउँदा माटोले बनेको घर भत्किएपछि दुई सन्तानकी आमा लक्ष्मी सुनारलाई जाडोको मौसममा कहाँ जाने भन्ने चिन्ताले सताएको छ । लक्ष्मीका अनुसार ९ वर्ष अघि ३० हजार रुपैयाँमा खरिद गरेको जग्गामा बनेको घर आफू नभएको अवस्थामा भत्क्याइएको हो । हाल लक्ष्मीका श्रीमान् रोजगारीका लागि भारतमा रहेका छन् । मजदुरी गरेर घर खर्च चलाउँदै आएकी लक्ष्मी घरमा आफू नभएको अवस्थामा घर भत्काइँदा बिचल्लीमा परेको (रुदै) बताइन् । उनी मात्र होइन थापाले विमला सुनारको घर पनि डोजर चलाएर भत्काइदिएका छन् । विमलाको घरमा कोही नभएको अवस्थामा आफ्नो घरसँगै डोजर लगाएर भत्काएको लक्ष्मी सुनारले सुनाइन् ।
विमलाका घरका सदस्य काम विशेषले घरबाहिर गएको विमलाकी दिदी लक्ष्मीले बताइन् । उक्त स्थानमा ३० घरधुरी रहेको जग्गालगायत १७ कठ्ठा साढे १२ धुर जग्गा आफ्नो भएको बताउने रमेश थापाले घर भत्काएर जाडोको मौसममा आफूहरुलाई बिचल्लीमा पारेको पीडितले बताएका छन् ।

२०–२५ जनाको समूहमा मापसे गरेर आएका डोजर चालकले स्थानीयको घर मात्र नभएर बारीमा राखेको परालमाथि पनि आगजनी गरेका छन् । यसरी एक्कासि घरमा डोजर चलाउने क्रममा घरमा बसेका कमल मल्ल हतारिएर भाग्दा ज्यान जोगिएको बताउँछन् । अपाङ्ग बहिनी पूजा मल्ललाई लिएर बाहिर ननस्किएको भए ज्यानको जोखिम रहेको उनले बताए । घरभित्र रहेका ९० वर्षीय अर्जुनबहादुर मल्लसहित घरमा डोजर चलाइँदा घाइते भई अचेत बनेका छन् ।

वडा नम्बर ३ का वडा अध्यक्ष कान्तुराम गौतमका अनुसार जस्तोसुकै अवस्थामा पनि जाडोको मौसममा बसोबास गरिरहेका मानिसलाई खबरै नगरी उनीहरुको आश्रय स्थल उजार्नु मानवीयता विपरीत भएको बताएका छन् । देश सशस्त्र द्वन्द्व पार गर्दै गणतन्त्रात्मक शासन व्यवस्थामा आइसक्दा पनि उही सशस्त्र द्वन्द्वको झल्को दिने तरिकाले व्यक्तिको घर भत्काउनु, खेतबारीमा आगजनी गर्नु अमावीय कार्य भएको बताउँछन् । कानुनको सबैले पालना गर्नु पर्ने बताउँदै घर भत्काउनु पर्ने अवस्था नै थियो भने स्थानीय तह, प्रहरी प्रशासन र न्यायपालिका हुँदा हुँदै अमानवीय तवरले घरका सदस्य नभएको अवस्थामा अरुको आश्रय स्थल भत्काउनु गलत भएको बताए ।
किन भत्क्याइयो घर ? विस्तृतमा प्रतीक्षा गर्नुहोस्…

Womui
Womui