महामारीका कारण विश्वमा आप्रवासनको संख्या घट्यो

202


काठमाडौं– कोरोना महामारीका कारण आप्रवासनको अवस्थामा कमी आएको छ । हामारीका कारण विश्वव्यापी रुपमा कम्तीमा ३० प्रतिशतले बसाइसराई गर्नेहरुको संख्या घटेको एक अध्ययनले देखाएका हो । यो सन् २०१९ को भन्दा धेरै नै कमी हो ।

संयुक्त राष्ट्रसंघीय निकायले सार्वजनिक गरेको तथ्यांकअनुसार सन् २०२० मा विश्वका २८ करोड १० लाख नागरिक आफ्ना देशबाहिर बसेका थिए । उनीहरुलाई आप्रवासीका रुपमा राष्ट्रसंघीय निकायले परिभाषित गरेका छन् । विश्व आप्रवासन प्रतिवेदनका अनुसार धेरै आप्रवासी विश्वका २० देशमा बढी रहेका पाइएको छ ।

सबैभन्दा बढी आप्रवासी अमेरिकामा बस्ने गरेका छन् । अमेरिकामा ५ करोड १० लाख नागरिक आप्रवासीका रुपमा बस्ने गरेका थिए । त्यसैगरी जर्मनीमा १ करोड ६० लाख , साउदी अरेबियामा १ करोड ३० लाख र रुसमा १ करोड २० लाख र बेलायतमा ९० लाख नागरिक बस्ने गरेका सो प्रतिवेदनमा उल्लेख छ । उता विश्वमा सबैभन्दा बढी नागरिकहरु बाहिर बस्ने देशमा भारत रहेको छ । सन् २०२० मा मात्र भारतका करिब १ करोड ८० लाख नागरिक विश्वका विभिन्न देशमा बस्ने गरेका पाइएको छ । एजेन्सी

Womui
Womui