एक आन्दोलनकारीको मृत्यु, प्रहरी सहित १२ घाइते

125

तनहुँ, २६ भदौ–
आन्दोलनकारी र प्रहरीबीच भएको झडपमा परेर तनहुँमा एक जनाको मृत्यु भएको छ । घटनामा परी नौ प्रहरी र तीन आन्दोलनकारी सहित १२ जना घाइते भएका छन् । पूर्णबहादुर आलेको मृत्युको अनुसन्धान गर्न माग गर्दै प्रर्दशन सुरु गरिएको थियो । प्रहरीको गोली लागी व्यास नगरपालिका वडा नम्बर–१ भादगाउँ का १८ वर्षीय रोशन दुराको मृत्यु भएको हो । गोली लागी सख्त घाइते भएका दुराको पोखरास्थित मणिपाल अस्पतालमा उपचारका क्रममा शुक्रबार राती मृत्यु भएको हो ।

झडपमा परी प्रहरी नायब निरीक्षक राजेन्द्रप्रसाद वाग्ले, प्रहरी सहायक निरीक्षक मानबहादुर थापा, रमेश खरेल र कृष्ण परियार, प्रहरी हवल्दार हरिबहादुर कुमाल, सुशील भण्डारी तथा प्रहरी जवानहरु चन्द्रबहादुर प्रजा, सुनिल गुरुङ र सन्तबहादुर कुँवर घाइते भएको बताइएको छ । त्यसैगरी आन्दोलनकारीतर्फ व्यासनगरपालिका–११ निवासी किरण गुरुङ सख्त घाइते भएकाले उपचारका लागि पोखरा पठाएको छ भने एक शिशुको उपचारपछि घर फर्काएको छ । प्रमुख जिल्ला अधिकारी महादेव पन्थले आन्दोलनकारीलाई शव बुझेर परीक्षण गर्न आग्रह गरेको बताए । भीडलाई उत्तेजित नगर्न र शान्तिपुर्ण रुपमा सुरक्षा निकायबीच छलफल भइरहेको उनले बताए ।

Womui
Womui