दलहरुलाई मिलाउन बाबुरामको सक्रियाता बढ्यो

33

काठमाडौं, भदौ २६—
सरकार र प्रमुख दलका शिर्ष नेताको कार्यशैली विरुद्ध असन्तुष्टी जनाउँदै आएका एकिकृत माओबादीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले सम्वाद सुरु गरेका छन् । मधेसबादी दलहरुलाई सहमतीमा ल्याउन उनले आज बिहानदेखि सक्रियता देखाएका हुन् । नेता भट्टराईले बिहान मधेसी मोर्चाका नेता एवम् संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई टेलिफोन गरी सहमतीमा ल्याउने प्रयास थालेका हुन् । कुराकानीका क्रममा भट्टराईले आन्दोलन भन्दापनि बार्ताको माध्यमबाट समस्या समाधान गर्न सकिने भन्दै बार्ताको टेबुलमा बस्न आग्रह गरेको स्रोतले बताएको छ ।

डा. बाबुराम भट्टराई ।
डा. बाबुराम भट्टराई ।

भट्टराईका स्वकिय सचिव विश्वदीप पाण्डेका अनुसार अधिकतम सहमतिमा संविधान जारी गर्ने सोच राखेर नेता भट्टराईले अन्य दलका नेताहरुसँगको छलफललाई तीब्रता दिएका हुन् । भट्टराईले आज बिहान नै फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार, तराई मधेस लोकतान्त्रिक पार्टीका महामन्त्री सर्वेन्द्रनाथ शुक्ला, पूर्व सभामुख दमननाथ ढुंगाना, एमाले नेता सुरेन्द्र पाण्डे र विष्णु पौडेलसँग टेलिफोन सम्वाद गरेको स्वकिय सचिव पाण्डेले जानकारी दिए । पुर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले आजै बिहान प्रधानमन्त्री सुशील कोइराला नजिकका कांग्रेस नेता महेश आचार्यसँग पनि टेलिफोनमा कुराकानी गरेको पाण्डेले बताए ।

Womui
Womui