सन् २०२० को अन्तिम दिन सेयरमा नयाँ कीर्तिमान, २०२१ मा के होला ?

59


छिनछिन खबर
काठमाडौं
– सन् २०२० को अन्तिम दिन सेयर सूचक मापक नेप्सेले नयाँ कीर्तिमान बनाएको छ । यस दिन नेप्सेले यसअघिको रेकर्ड तोड्दै २०८७.२७ अंक बनाएको हो । यसअघि नेप्से २०७१ सम्म पुगेको थियो । पुरानो रेकर्ड ताडिएसँगै लगानीकर्ताहरुमा उत्साह छाएको छ ।

यस दिन नेप्सेसँगै कारोबार रकममा पनि सुधार देखिएको छ । २०७ कम्पनीको १ करोड १४ लाख ६४ हजार कित्ता सेयर ५ अर्ब ७० करोड ३४ लाख ६९ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । यस दिन साल्ट ट्रेडिङ्ग कर्पोरेसनको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सो कम्पनीको शेयरमूल्य यस दिन ५७१ रुपैयाँ बढेर ६ हजार २८१ रुपैयाँमा अन्तिम कारोबार भएको हो ।

११ उपसमूहको परिसूचक हरियो
सन् २०२० को अन्तिम दिन कारोबारमा आएका १२ उपसमूहमध्ये ११ उपसमूहको परिसूचक बढेर हरियो भएको छ भने १ उपसमूहको परिसूचक घटेको छ । यस दिन व्यापार उपसमूहको परिसूचक सर्वाधिक ८.८९ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकिङ्ग उपसमूहको परिसूचक यस दिन १.९७ प्रतिशत, अन्यको १.४५ प्रतिशत र जीवन बीमाको १.४५ प्रतिशत बढेको छ । यस दिन निर्जीवन बीमा उपसमूहको परिसूचक भने सर्वाधिक १.०१ प्रतिशत घटेको छ । लगानीकर्ताले सन् २०२१ मा सेयर बजार झनै विस्तार र वृद्धि हुने अपेक्षा गरेका छन् ।

Womui
Womui