अधिकांश बैकको नाफा घटयो, ऋणात्मक जान सक्ने

33


छिनछिन खबर
काठमाडौं
–चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सञ्चालमा रहेका २७ वाणिज्य बैंकमध्ये १८ वटाको नाफा घटेको छ । बाँकी ९ वटा बैंकको नाफा मात्रै बढेको छ । विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसको असर बैंकहरूको नाफामा परेको हो । कोरोनाका कारण बैंकहरूको व्यवसाय विस्तारमा असर पर्नुका साथै कर्जा नउठ्दा त्यसको प्रत्यक्ष असर नाफामा परेको छ ।

कोरोनाका कारण बैंकहरूले अहिले लगानी गर्न पनि पाएका छैनन् भने लगानी भएको ठाँउबाट ब्याज आउने क्रम पनि केही मात्रामा रोकिएको छ । आर्थिक वर्ष २०७७÷७८ को पहिलो ३ महिना अर्थात् साउन, भदौ र असोजमा २७ वटा वाणिज्य बैंकले १४ अर्ब ६० करोड ३९ लाख ७६ हजार रुपैयाँ नाफा आर्जन गरेका छन् । जुन गत आवको पहिलो त्रैमासको तुलनामा ४.२८ प्रतिशतले कमी हो । गत आवको पहिलो त्रैमासमा बैंकहरुको नाफा १५ अर्ब २५ करोड ७९ लाख ५१ हजार रुपैयाँ रहेको थियो ।

यो अवधिमा नेपाल बंगलादेश, एनआइसी एसिया, मेगा एनएमबी, प्रभु, ग्लोबल आइएमई, कुमारी, प्राइम र सिटिजन्स बैंकको नाफा बढेको छ भने बाँकी बैंकको नाफा घटेको छ । यो अवधिमा १ अर्ब रुपैयाँभन्दा बढी नाफा कमाउने बैंकमा ४ वटा बैंक मात्रै छन् । जसमा एनआइसी एसिया, नबिल, ग्लोबल आइएमई, प्राइम कमर्शियल बैंक छन् । नाफा बढी कमाउने बैंकमा ग्लोवल आइएमई बैंक छ । बैंकले १ अर्ब ५ करोड ८८ लाख ४० हजार रुपैयाँ नाफा कमाएको छ । जनता बैंकलाई मर्ज गरेको ग्लोबल आइएमईले मर्जरको फाइदा उठाउँदै पहिलो त्रैमासमा सबैभन्दा बढी नाफा कमाउन सफल भएको हो ।

राष्ट्र बैंकको निर्देशनअनुसार मर्जरमा नजाने वाणिज्य बैंकले स्प्रेड दर ४.५ प्रतिशतभन्दा कम कायम गर्नुपर्ने छ भने मर्जरमा जाने वाणिज्य बैंकका लागि २०७८ असार मसान्तमा मात्रै स्प्रेड दर ४.५ प्रतिशतभन्दा कम कायम गर्नुपर्ने छ । २०७७ असोज मसान्तमा ग्लोबल आइएमईको स्प्रेड दर ५.०३ प्रतिशत छ । स्प्रेड दर बढी कायम गर्न पाएकाले बैंकले बढी ब्याज आम्दानी गरेको छ । बैंकको प्रोभिजनिङ बढे पनि ब्याज आम्दानी निकै धेरै भएकाले त्यसको ठूलो असर नाफामा देखिएन ।

०७७ को साउन, भदौ र असोज महिनामा बैंकले २ अर्ब ५९ करोड रुपैयाँ ब्याज आम्दानी गरेको छ । यो अवधिमा सबैभन्दा थोरै नाफा कमाउने बैंकमा सिभिल बैंक रहेको छ । बैंकले ९ करोड ६६ लाख ७८ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । बैंकको यो नाफा गत वर्षको पहिलो त्रैमासको भन्दा ३९.१७ प्रतिशतले कमी हो । तीन महिनामा हिमालयन बैंकको ४७.२९, सेन्चुरी बैंकको ४०.६०, नेपाल एसबीआई बैंकको ५४.१४, एभरेष्ट बैंकको ५१.५४, सानिमा बैंकको ३७.१२, बैंक अफ काठमान्डुको ३७.०९ प्रतिशतले नाफा घटेको छ ।

Womui
Womui