आन्दोलनरत उखु किसानको मृत्यु

91

काठमाडौं–बक्यौता रकम भुक्तानीको माग गर्दै काठमाडौंको माइतीघरमा आन्दोलन गरिरहेका किसान र सरकारबीच सम्झौता भएको सुनेर आन्दोलनरत एक किसानको हृदयघातका कारण मृत्यु भएको छ । सर्लाहीका उखु किसान नारायणराय यादव (भगत) को मंगलबार काठमाडौंमा मृत्यु भएको हो ।

विगत ३ वर्षदेखिको यादवले अन्नपूर्ण सुगर मिलबाट २४ लाख ६५ हजार रुपैयाँ लिन बाँकी थियो । पैसा नपाएका कारण तनावमा रहेका यादवपूरै भुक्तानी नलिइ काठमाडौँबाट नफर्किने भन्दै आन्दोलनमा सक्रिय थिए । तर भुक्तानी नै नलिइकन सरकार र आन्दोलनकारी बीच सम्झौता भयो भन्ने सुनेर उनलाई हृदयघात बताइएको छ ।

आन्दोलनमा भगतका साथ आएका मुकेश ठाकुरले भने, ‘यो भुक्तानीको विषयलाई लिएर वहाँ पहिलेदेखि नै तनावमा हुनुहुन्थ्यो । भुक्तानी नै नलिइकन सम्झौता भयो भनेर रातिदेखि नै चिन्तित हुनुहुन्थ्यो । विहान अचानक उहाँको छाती दुख्यो भनेर ट्वाइलेट जानु भएको वहाँ त्यहीँ बेहोस भएर ढल्नुभयो । हामीले तत्कालै हेल्पिङ ह्याण्ड अस्पतालमा भर्ना गर्यौँ । त्यहाँ डाक्टरले छाती थिचेर प्रेसरहरु दिएर हेर्नुभयो अवस्था नाजुक छ भन्दै थप उपचारका लागि उहाँलाई गंगालाल हृदय रोग केन्द्रमा रिफर गर्नुभयो । त्यहाँ नै उपचारको क्रममा उहाँको मृत्यु भयो ।’ सरकारले २१ दिनभित्र उखु किसानलाई भुक्तानी गराउने भनेको छ । २१ दिनभित्र भुक्तानी हुने नहुने निश्चित पनि छैन,’ ठाकुरले भने ।

Womui
Womui