सुरक्षा खतराको सामना गर्न सेना तयार : प्रधानसेनापति

43

काठमाडौ, भदौ २६
प्रधानसेनापति राजेन्द्र क्षेत्रीले पदभार ग्रहण गरेको भोलिपल्ट देशभरका सबै युनिटलाई सम्बोधन गर्दै परिवर्तित परिस्थितिमा थपिएको सुरक्षा चुनौती सामना गर्न एकजुट भएर काम गर्न निर्देशन दिएका छन् । प्रधानसेनापतिले संविधान जारी भएपछि राजनीतिक स्थिरता आउने समेत अपेक्षा गरेका छन् । chh

सैनिक मञ्च टुँडिखेलबाट सेनाका पृतना, बाहिनी, गण, गुल्म तथा शिक्षालय लगायत एक सय ३६ स्थानमा एकैसाथ लाइभ मल्टिकास्ट गरिएको सम्बोधनमा क्षेत्रीले बाह्य र आन्तरिक सुरक्षा वातावरण अस्थिर, अनिश्चित, जटिल र अस्पष्ट रहेको र यसका प्रभाव नेपालको राष्ट्रिय सुरक्षामा समेत परिरहेको भन्दै सेना यसको सामना गर्न तयार रहेको बताएका छन् ।

Womui
Womui