संविधान निर्माणमा भारतको हस्तक्षेप, प्रक्रिया स्थगित

56

काठमाडौं, भदौ २६–
संविधान निर्माणमा छिमेकी मुलुक भारतले हस्तक्षेप गरेको छ । भारतको हस्तक्षेपसँगै संविधान निर्माण प्रक्रिया तत्काललाई स्थगित गरिएको छ । प्रक्रिया स्थगित गर्न भारतको दवाव नै आएपछि तीन दिनका लागि स्थगित गरिएको स्रोतको दाबी छ । भारतीय राजदूत रन्जित रेले आफ्नो सरकारको औपचारिक सन्देश प्रमुख तीन दलका शीर्ष नेतालाई दिएका हुन् ।india

भारतको यो दवावसँगै संविधान निर्माण प्रक्रिया २ दिनका लागि स्थागित गरिएको छ । राजदूत रेले प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी शर्मा ओली र एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई हिजो छुट्टा छुट्टै भेट गरेका थिए । ‘खुला सीमा क्षेत्रमा भएको अशान्तिले भारत चिन्तित छ,’ सन्देशमा भनिएको छ ।

समस्या समाधान राजनीतिक ढंगले गर्नुपर्ने र त्यस्तो समाधान खोज्न नेपाल आफैं स्वतन्त्र भएको भारतले भनेको छ । संविधान लेखन प्रक्रिया नरोकिने बुझेपछि भारतले प्रधानमन्त्री नरेन्द्र मोदी सरकारको औपचारिक सन्देश राजदूतमार्फत पठाएको हो ।

Womui
Womui