चिनी बोकेका तीन वटा ट्रकमा बन्दकर्ताले आगो लगाए

33

बारा, भदौ २६–
बन्दकर्ताहरुले बाराको कलैयापिलुवाहा सडक खण्डको मनोहरवामा तीन वटा मालबाहक ट्रकमा आगजनी गरेका छन् । आगजनीबाट २ वटा ट्रक पुर्ण रुपमा जलेर ध्वस्त भएको प्रहरीले जनाएको छ । बारा प्रहरीका अनुसार कलैयाको रिलायन्स चिनी मिलबाट चिनी लिएर काठमाडौ जादै गरेका तीन वटा ट्रकलाई मनोहरवा–५ मा बन्दकर्ताले रोकेर आगो लगाइदिएका हुन् ।
आगजनीबाट ना५ख २९९५ र ना ५ ख ५७६१ नम्बरको ट्रक पूर्ण रुपमा ध्वस्त भएको र ना ४ ख २९२७ नम्बरको ट्रकमा लगाइएको आगोलाई कलैयाबाट गएको दमकल र प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय कलैयाले जनाएको छ । दुई वटा ट्रकमा रहेको ८ सय २० बोरा चिनी जलेर खरानी भएको प्रहरीले जनाएको छ । आज बिहान करिव ३ बजेतिर बन्दकर्ताहरुले काठमाडौतर्फबाट आएको एउटा मालबाहक ट्रकमा पनि आगो लगाएर भागेका थिए ।

Womui
Womui