बिराटनगरमा एम्बुलेन्स नचलाउने चालकको घोषणा

138

बिराटनगर, २६ भदौ—
बिराटनगर क्षेत्रमा सञ्चालित एम्बुलेन्स चालकहरु आन्दोलित भएका छन् । आन्दोलनकारीले एम्बुलेन्स तोडफोड र चालकमाथि गरेको हातपातको विरोध गर्दै उनीहरुले आन्दोलन सुरु गरेका हुन् । एम्बुलेन्स चालकले सुरक्षाको प्रत्याभूति नहुँदासम्म विराटनगर–रंगेली सडकखण्डमा एम्बुलेन्स सञ्चालन नगर्ने घोषणा गरेका छन् । बन्दकर्ताले एम्बुलेन्समाथि तोडफोड र चालकलाई दुव्र्यवहार गर्न थालेपछि सुरक्षाको प्रत्याभूति नभएसम्म एम्बुलेन्स नचलाउने घोषणा गरिएको एम्बुलेन्स चालक संघ, मोरङका सचिव चन्द्र पराजुलीले बताएका छन् । बन्दकर्ताले सो सडकखण्ड अन्तर्गत को१च ४२६५ नंको नेपाल रेडक्रस सोसाइटी मोरङको एम्बुलेन्स तोडफोड गरेका थिए । जिल्ला स्वास्थ्य कार्यालय मोरङका अनुसार जिल्लामा १ सय २५ वटा एम्बुलेन्स सञ्चालनमा छन् ।

Womui
Womui