देश चलाउने जिम्मा बालबालिकाको हातमाः अधिकृत नरबहादुर बिक

223
पालिका स्तरीय बाल सञ्जालका नवनिर्वाचित अध्यक्ष लोकमाया परियारलाई प्रमाणपत्र दिँदै राप्ती सोनारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरबहादुर बिक, वडा नम्बर ७ का वडा अध्यक्ष रामलखन थारु, बेसका कार्यक्रम निर्देशक पिंकी डाँगीलगायत ।

नेपालगन्ज– राप्तीसोनारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरबहादुर बिकले बालबालिकालाई अतिरिक्त क्रियाकलापमा विशेष जोड दिन आग्रह गरेका छन् । कैलाश सत्यार्थी चिल्डूेन फाउन्डेसन अमेरिकाको सहयोगमा नोभेम्बर २०१८ देखि बालमित्र गाउँ अभियान नेपाल परियोजना अन्तर्गत बालबालिकाको क्षेत्रमा काम गर्दै आएको बेसले राप्तीसोनारी गाउँपालिका महिला तथा बालबालिका शाखासँगको समन्वयमा आयोजना गरेको राप्ती सोनारी गाउँपालिका स्तरीय बाल सञ्जाल गठन कार्यक्रमको समापन अवसरमा अधिकृत बिकले सो कुरा बताएका हुन् । आजका बालबालिका भोलि देशको नीति निर्माण तहमा पुग्ने बताउँदै अधिकृत बिकले बालबालिकाले अतिरिक्त क्रियाकलापसँगै पढाइलाई विशेष जोड दिन आग्रह गरेका छन् ।

सरकारले बालअधिकार सम्बन्धी ३६ वटा तत्वद्वारा स्थानीय बालमैत्री शासनको अवधारणा ल्याएको बताउँदै सोमबार राप्ती सोनारी गाउँपालिकामा गठित राप्ती सोनारी गाउँपालिका स्तरीय बाल सञ्जाललाई बालमैत्री शासन प्रत्याभूति हुने खालको काम गर्न सुझाए । बाल अधिकारका क्षेत्रमा काम गर्दा सञ्जाललाई आइपर्ने समस्या समाधानतर्फ गाउँपालिकाले हरसम्भव सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । गाउँपालिकाभित्र हुने बालविवाह, बालश्रम न्यूनीकरण र मानवबेचबिखन रोक्नमा सञ्जालले महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएको बताउँदै अधिकृत बिकले सञ्जाललाई निष्पक्ष रुपमा काम गर्न आग्रह गरे ।

Womui
Womui