ट्याक्टर पल्टिँदा बाँकेमा एकको मृत्यु

185

नेपालगन्ज– ट्रयाक्टर दुर्घटना हुँदा एकको मृत्यु भएको छ । सडकमा गुडिरहेको ट्याक्टर अनियन्त्रित भई पल्टिँदा चालकको मृत्यु भएको हो । नेपालगन्जदेखि कोहलपुर जाँदै गरेको लु४त ७३७२ नम्बरको ट्रयाक्टर नेपालगञ्ज १८ सिद्धार्थ भ्यु होटल अगाडिको मोडमा अनियन्त्रित भई पल्टिएको थियो । दुर्घटनामा छायाँनाथ रारा नगरपालिका वडा नम्बर १० मुगुका ट्रयाक्टर चालक अन्दाजी २३ वर्षीय दिलबहादुर सिजुवालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । चालकलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो ।

Womui
Womui