‘बालअधिकारका लागि गाउँपालिका सक्रिय’

46

अगैया– राप्तीसोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारुले बालअधिकारका लागि गाउँपालिकाले सक्रिय रुपमा काम गरिरहेको बताएका छन् । बालमित्र गाउँ अभियान नेपाल कार्यक्रमका अवसरमा अध्यक्ष थारुले सो कुरा बताएका हुन् । अध्यक्ष थारुले बालश्रम, बालविवाह, लागू औषध न्यूनीकरणमा गाउँपालिकाले सक्रियपूर्वक काम गरिरहेको बताए । उनले गाउँपालिकामा रहेका बालबालिकाको अधिकारका लागि नेपाल सरकारको ऐन बमोजिम काम गरिरहेको बताए ।

उद्घाटन कार्यक्रमको अध्यक्ष ग्रहण गरेका अध्यक्ष थारुले बाल अधिकारका क्षेत्रमा काम गर्ने संघसंस्थाको भूमिका महत्वपूर्ण हुने बताउँदै बाल अधिकारका क्षेत्रमा काम गर्दा केही समस्या परे गाउँपालिकालाई जानकारी गराउन समेत आग्रह गरे । कैलाश सत्यार्थी चिल्डूेन फाउन्डेसन अमेरिकाको सहयोगमा नोभेम्बर २०१८ देखि बालमित्र गाउँ अभियान नेपाल परियोजना अन्तर्गत बालबालिकाको क्षेत्रमा काम गर्दै आएको बेसले राप्ती सोनारी गाउँपालिका महिला तथा बालबालिका शाखासँग समन्वय र संयुक्त आयोजनामा सञ्जाल गठन गरिएको महिला तथा बालबालिका शाखा प्रमुख सम्झना दर्लामीले बताइन् । दर्लामीका अनुसार महिला तथा बालबालिका शाखाले बालश्रम, बालविवाह, मानव बेचबिखनविरुद्ध सञ्जाललाई आवश्यक सहयोग गरिरहेको छ ।

गाउँपालिकास्थित ९ वडा वडा कार्यालयको साझेदारी एवम् महिला तथा बालबालिका शाखासँग समन्वयमा राप्ती सोनारी गाउँपालिका तथा यहाँ स्थित ९ वडा वडा कार्यालयको साझेदारीमा ८० वटा बालक्लब, ८० बालमित्र गाउँ समिति र ९ वडा वडास्तरीय बाल क्लब सञ्जाल गठन गरिएको बेसका कार्यक्रम निर्देशक पिंकी डाँगीले बताइन् । प्रत्येक बाल क्लबमा १५ सदस्सीय कार्यसमिति रहेको छ ।

गाउँपालिकामा गठित बाल सञ्जालका सदस्यले आफ्नो ठाउँमा भइरहने बालश्रम, बालविवाह, मानव बेचबिखन सम्बन्धीका घटना न्यूनीकरणका लागि अहम भूमिका निर्वाह गरेको बताउँदै निर्देशक डाँगीले भनिन्,‘ गाउँ ठाउँमा हुने बालअधिकार सम्बन्धीका समस्या आइपरे बालक्लबले नै समन्वयन गरी त्यसको न्यूनीकरण गर्ने गरेको छ । उनीहरुबाट समस्या समाधान नभए हामीलाई सम्पर्क गर्छन् र समस्या समाधानका लागि हाम्रो टिम गाउँ ठाउँमा पुग्ने गरेको छ ।’

Womui
Womui