लोकसेवाको सर्भर ह्याक गर्ने तीन पक्राउ

38

काठमाडौं– लोकसेवा आयोगको सर्भर ह्याक गर्ने तीन जना ह्याकरलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको साइबर ब्यूरोले ललितपुरबाट १ जना र पोखराबाट २ जनालाई पक्राउ गरेको हो । प्रहरीका अनुसार ललितपुरको महालक्ष्मी नगरपालिका ९ सानोगाउँका २५ वर्षका विवेक महर्जन, कास्कीको पोखरा महानगरपालिका छोरेपाटनका १७ वर्षका युवक र घारीपाटनका १५ वर्षीय युवक पक्राउ परेका हुन् ।

ह्याकरले आयोगको सर्भर ह्याक गरी ९ हजार जनाको टेलिफोन नम्बरमा जथाभाबी एसएमएस गरेको आरोप प्रहरीको छ । उनीहरुमाथि सरकारी सूचना प्रवाहको आधिकारिक विद्युतीय माध्यममा अनधिकृत पहुँच पुर्‍याइ विद्युतीय कारोबार ऐन २०६३ को परिच्छेद ९ बमोजिमको कसूर लागेको छ ।

Womui
Womui