लकडाउनयता ४५ अर्बको खाद्यान्न आयात, कृषिमा आत्मनिर्भर ? कुरा मात्रै

118


मालती खड्का
काठमाडौं–
कोरोना महामारीका कारण सुरु गरिएको लकडाउनयता खाद्यान्न आयात ह्वात्तै बढेको छ । खाद्यान्न आयात वृद्धिको आँकडाले सरकारी अधिकारीहरूको कृषिमा आत्मनिर्भर नाराले लोक हँसाइरहेको पाइन्छ । नेपालमा गएको चैत ११ देखि लकडाउन सुरु गरिएको थियो । भन्सार विभागको ताजा तथ्यांक अनुसार अघिल्लो वर्षको चैत–कात्तिकसम्म २७ अर्ब ४४ करोड रुपैयाँको खाद्यान्न आयात भएकोमा यसपटक गत चैतदेखि कात्तिकसम्म ४४ अर्ब ९० करोडको खाद्यान्न आयात भएको छ ।


विभागका महानिर्देशक सुमन दाहालका अनुसार गत चैतदेखि कात्तिकसम्म चामलको आयात अघिल्लो पटकको यस्तै अवधिको तुलनामा ४६ प्रतिशतले बढेर १७ अर्ब ३० करोडको आयात भयो । २०७६ चैतदेखि २०७७ कात्तिकसम्मको अवधिमा चिनीको आयात १८ गुणा बढेको छ । यो अवधिमा चिनी मात्रै ६ अर्ब १४ करोड रुपैयाँको आयात भएको छ । गहुँको करिब ११४ प्रतिशतले बढेर ९ अर्ब १४ करोड, दाल तथा गेडागुडीको ५५ प्रतिशतले बढेर १४ अर्ब २२ करोड, धानको १३३ प्रतिशतले बढेर ६ अर्ब ९२ करोड, तोरीररायोको आयात ७० प्रतिशत बढेर ७ अर्ब ८५ करोडको आयात भएको छ ।

त्यस्तै भटमासको पिनाको आयात ७३ प्रतिशतले बढेर ७ अर्ब १५ करोड आलुको २५ प्रतिशतले बढेर ५ अर्ब १८ करोड, कनिकाको १९० प्रतिशतले बढेर १ अर्ब ५६ करोड, किटनाशक औषधिको ६३ प्रतिशतले बढेर २ अर्ब ६४ करोड, जीराको ५४ प्रतिशतले बढेर २ अर्ब २२ करोड, खुर्सानीको ७१ प्रतिशतले बढेर १ अर्ब २४ करोड, नुहाउने साबुनको आयात ५३ प्रतिशतले बढेर ९५ करोड रुपैयाँ बराबरको भित्रिएको छ । त्यस्तै, बेसारको आयात १३९ प्रतिशतले बढेर ४४ करोडको भित्रिएको छ । फापर र कोदोको आयात ६३ प्रतिशतले बढेर ४८ करोड, ओखरको आयात ५५ प्रतिशतले बढेर ५२ करोड, बदामको ४९ प्रतिशतले बढेर ५२ करोड, फुड सप्लिमेन्टको ९५ प्रतिशतले बढेर ३२ करोडको, कागतीको ३९ प्रतिशतले बढेर ५८ करोड, काजुको २३ प्रतिशतले बढेर ८४ करोड, नमकिनरभुजियाको ३६ प्रतिशतले बढेर ६० करोड , सुकाएको लसुनको ६२ प्रतिशतले बढेर ४० करोड, स्याम्पुको २४ प्रतिशतले बढेर ७० करोड र सुकमेलको आयात १९ प्रतिशतले वृद्धि भएर ७० करोड पुगेको छ ।

तरकारीको बीउको आयात २८ प्रतिशतले बढेर ४४ करोडको आयात भएको छ । आयात गरिएका अधिकांश यी वस्तु नेपालमै उत्पादन हुन्छन् । तर पछिल्लो समयमा सरकारको असहयोले युवावर्ग कृषिप्रति चासो राख्दैनन् । कृषि पेसामा लाग्नुको साटो विदेश जाने वा न्यून पारिश्रमिक पाए पनि अन्य काम गर्ने क्रम बढेको छ । जसले गर्दा बर्सेनि विदेशबाट आउने रेमिटेन्स खाद्यान्न लगायतका उपभोग्य वस्तु खरिद गर्दैमा सकिने गर्छ । विज्ञहरुले रेमिटेन्सलाई खहरे खोलासँग तुलना गर्दै केही रकम उत्पादनशील क्षेत्र नलगाए भविष्यमा समस्या उत्पन्न हुने चेतावनी दिँदै आएका छन् । तैपनि अहिलेसम्म रेमिटेन्स उपयोगको नीति लिइएको छैन ।

Womui
Womui