आन्दोलनकारीबाट मारिएका थम्मनको परिवार शोकमा

82

नेपालगन्ज, भदौ २५[nbsp_tc]–महोतरीमा आज शुक्रबार आन्दोलनकारी समुहबाट निसंस हत्या गरिएका सशस्त्र प्रहरी सहायक निरिक्षक थम्मन बहादुर बिश्वकर्माको परिवार शोकमा डुबेको छ ।

स्वर्गिय थम्मनबहादुर बिश्वकर्मा ।
स्वर्गिय थम्मनबहादुर बिश्वकर्मा ।

कचनापुर–५ मदुई बाँकेका स्थायी बासिन्दा समेत रहेका थम्मनको परिवार केहीवर्ष यता नेपालगन्ज, २५ कारकाँदोमा बस्दै आएको छ । पतिको मृत्यु भएको खबर पाएकी शोभा र आमा मैमी बिछिप्त छन् । अन्य आफन्त, इष्टमित्र तथा छिमेकी भेला भएका छन् । उनको घरमा अहिले रुवाबासी चलेको छ । थम्मनको श्रीमती र ५ बर्षिय छोरा छन् । आमा मैमी पनि थम्मनको परिवारसँग बस्दै आएकी थिईन् । परिवारका ४ दाजु भाई मध्ये साईला छोरा थम्मन विगत १६ बर्षदेखि सशस्त्र प्रहरीमा कार्यरत थिए ।

शोकमा डुबेको स्वर्गिय थम्मनबहादुर बिश्वकर्माको परिवार ।
शोकमा डुबेको स्वर्गिय थम्मनबहादुर बिश्वकर्माको परिवार ।

Womui
Womui