घरेलु हतियारसहित आन्दोलनकारी प्रदर्शनमा उत्रिएपछि सेना परिचालन

78

विराटनगर, भदौ २५

जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लालाई दङ्गाग्रस्त क्षेत्र घोषणा गरेको छ । आज घरेलु हतियारसहित प्रदर्शनमा मधेसी मोर्चाका आन्दोलनकारी उत्रिएपछि जिल्लालाई दङ्गाग्रस्त क्षेत्र घोषणा गरिएको हो । जिल्लालाई दङ्गाग्रस्त क्षेत्र घोषणा गरिएलगत्तै राजमार्गमा सेना परिचालन गरिएको छ ।

सुनसरीको कोशी ब्यारेजदेखि पकलीसम्मको राजमार्गको ५ सय मिटर उत्तरदक्षिण र बुढीखोलादेखि खनारसम्म निषेधाज्ञा जारी गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी रविराज पन्थले जानकारी दिए। निषेधाज्ञा जारी गरिएको क्षेत्रमा कुनै प्रकारको प्रदर्शन,   नाराजुलुस तथा सभा गर्न नपाइने उनले बताए ।

ठूलो समूहमा रहेका आन्दोलनकारी लौकहीमा घरेलु हातहतियार सहित निस्किएका छन्। अन्य क्षेत्रमा सेना परिचालन भएपछि उनीहरु लौकहीमा जम्मा भएका हुन्।

Womui
Womui