बालुवाटारमा प्रमुख तीन दलको बैठक

42

काठमाडौं, भदौ २५–
प्रमुख तीन मुख्य दलको बैठक अहिले बसिरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेस, एमाले र एकीकृत नेकपा माओवादीका शीर्ष नेताको केहीबेर अघि सुरु भएको हो । आन्दोलनरत मधेसी मोर्चा र थरुहटको माग सम्बोधन, संविधान सभामा आजबाट सुरु हुन लागेको मतदान प्रक्रिया लगायत बैठकमा छलफल भइरहेको स्रोतले जनाएको छ ।

नेपाली कांग्रेसका मधेसी र थारु सभासदले केहीदिन प्रक्रिया रोकेर भएपनि असन्तुष्ट पक्षसँग वार्ता गर्नुपर्ने दबाब पार्टी नेतृत्वलाई दवाव दिइरहेका छन, भने एमाओवादीको हिजो बसेको पदाधिकारी बैठकले आवश्यक परे प्रक्रिया केही दिन रोक्नुपर्ने निर्णय गरेको थियो । केही दिन सम्मका लागि प्रक्रिया रोक्ने वा आज बस्ने संविधान सभामा शीर्ष नेताले गर्ने सम्बोधन मार्फत् असन्तुष्ट पक्षका माग सम्बोधन गर्ने भन्ने विषयमा पनि छलफल भइरहेको बताइएको छ ।

Womui
Womui