लगानीको जोहो गर्नुस्, आउँदैछ ४ अर्ब ३१ करोडको आइपीओ

200


काठमाडौं–सेयरमा लगानी गर्ने सोच्दै हुनुहुन्छ ? त्यसो हो भने रकमको जोहो गर्नुस है । सेयर बजारमा ४ अर्ब ३१ करोड १४ लाख ३७ हजार ७२० रुपैयाँको ४ करोड ३० लाख ३२ हजार ८३६ कित्ता आईपीओ धितोपत्र बोर्डको पाइप लाइनमा रहेको छ । धितोपत्र बोर्डको पाइप लाइनमा रहेको कम्पनीहरुमा अधिकांश जलविद्युत कम्पनी नै रहेका छन् । एउटा इन्स्योरेन्स कम्पनी र एउटा माइक्रोफाइनान्स कम्पनी रहेको छ ।


केही समय अघिसम्म जलविद्युत कम्पनीको सेयरमा गिरावट आएपनि अहिले भने कम्पनीको सेयर मूल्यमा बढोत्तरी देखिएसँगै यसतर्फ पनि लगानीकर्ताको ध्यान जान थालेको छ । अहिले बोर्डको पाइपलाइनमा नै ९ वटा जलविद्युत कम्पनी रहेका छन् । पछिल्लो समयमा बजार बढदै जाँदा र जलविद्युत कम्पनीको सेयर पनि बढन थालेपछि हाईड्रो पावर कम्पनीको आइपीओमा माग भन्दा कयौं गुणा बढी आवेदन पर्ने गरेको छ । जसले गर्दा अब हाईड्रो पावरको आइपीओ पनि पर्नको लागि लक्की ड्र गर्नु पर्ने भएको छ ।

केही समय अघिसम्म हाईड्रो पावरमा माग अुनसार पनि आवेदन नपर्ने र बिक्री प्रबन्धकले सकार्नुपर्ने स्थिती थियो । अहिले त्यो क्रम रोकिएको छ । जसले गर्दा नयाँ आउने जलविद्युत कम्पनीलाई पनि आइपीओ जारी गर्न उत्साह बढेको देखिन्छ । पाइप लाइनमा रहेका कम्पनीमा सिईडीबी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी २०७४ साल असार २७ गते देखि नै बोर्डको पाइप लाइनमा रहेको छ । यस्तै मैलुङ खोला जलविद्युत कम्पनीको पनि २०७४ असोज २० गते बोर्डमा दर्ता भएको थियो ।
बोर्डको पाइपलाइनमा रहेका कम्पनीहरुमध्ये सबै भन्दा बढी मध्ये भोटेकोशी जलविद्युत कम्पनीको १ अर्ब ५० करोड रुपैयाँको १ करोड ५० लाख कित्ता र यस्तै सबैभन्दा कम सिबीआईएल क्यापिटलले ३ लाख कित्ता साधारण सेयर ल्याउने तयारी गरेको छ । यस्तै बीमा कम्पनी तर्फ प्रभु लाइफ इन्स्योरेन्सको ६० करोड रुपैयाँको ६० लाख कित्ता बोर्डको पाइप लाइनमा रहेको छ । माइक्रोफाइनान्स तर्फ महिला लघुवित्त वित्तीय संस्थाको ४ करोड रुपैयाँको ४ लाख कित्ता रहेको छ ।

Womui
Womui