भोलिबाट कक्षा १२ को परीक्षा

58

काठमाडौं– भोलि मंगलबारबाट कक्षा १२ को वार्षिक परीक्षा सञ्चालन हुँदै छ । कोरोना भाइरसको महामारीपछि पहिलोपटक विद्यार्थीलाई कक्षा कोठामै बोलाएर परीक्षा संचालनको तयारी पूरा भएको हो । यसै सन्दर्भमा शिक्षामन्त्री गिरिराजमणि पोख्रेलले विद्यार्थीलाई कोरोनाविरुद्धका स्वास्थ्य मापदण्ड सही ढंगले पालना गर्न र ढुक्क भएर परीक्षा दिन आह्वान गरेका छन् । मन्त्री पोख्रेलले परीक्षा केन्द्रमा आउँदा–जाँदा र घरमा रहँदा समेत आवश्यक सचेतना अपनाउन अनुरोध गरेका हुन् ।

सही ढंगले मास्क लगाउने, भौतिक दूरी कायम गर्ने, बेलाबेलामा साबुन पानीले हात हुने जस्ता सामान्य काममा हेलचेक्राइँ गर्दा कोरोना संक्रमणको महामारी गहिरिएको भन्दै उनले मापदण्ड पालनाको आग्रह गर्दै परीक्षा केन्द्रमा समेत भौतिक दुरी कायम गरी बस्ने, मास्क लगाउने, स्यानिटाइजर प्रयोग गर्ने, साबुनपानीले हात धुने जस्ता कोभिड सुरक्षण मापदण्ड कडाइपूर्वक पालना गर्नेलगायत परीक्षा सम्बन्धी आवश्यक सम्पूर्ण पक्षहरुको व्यवस्थापन गरिएको उनले जानकारी दिएका छन् ।

यस पटकको परीक्षामा होम सेन्टर (आफू रहेको स्थान नजिकको परीक्षा केन्द्र)बाट पनि परीक्षा दिन पाउने प्रावधान ल्याइएको छ । यसपटक कूल पूर्णांकमध्ये ४० प्रतिशतको मात्र संक्षिप्त परीक्षा हुँदैछ ।

बाँकी ४० प्रतिशत कक्षा ११ मा प्राप्त गरेको अंकको आधारमा विद्यार्थीहरुले नम्बर पाउने छन् । बाँकी २० प्रतिशत कक्षाकार्य, गृहकार्य, अतिरिक्त क्रियाकलाप, समय–समयमा विद्यालयले लिएको परीक्षासमेतलाई आधार मानेर विद्यालयले आन्तरिक मूल्याङ्कन गर्नेछन् ।

Womui
Womui