सिलगढीका सबै विद्यालय खुले

163

नेपालगन्ज– आठ महिनादेखि बन्द रहेका डोटीको दिपायल सिलगढी नगरपालिकाका सबै विद्यालय आइतबारदेखि खुलेका छन्।  नगरपालिकाको शिक्षा समिति तथा नगरपालिकास्थित विद्यालय व्यवस्थापन समितिको शनिबार बसेको बैठकले बन्द भएका विद्यालयमा आइतबारदेखि अध्ययनअध्यापन सुरु गर्ने निर्णय गरेपछि विद्यालय खुलेका हुन् ।

माध्यमिक र क्याम्पस तहका कक्षा आइतबारदेखि खुलाउने निर्णय गरी पढाइ सञ्चालन गर्न पत्राचार गरिएको नगर शिक्षा शाखा सिलगढीले जनाएको छ। शैक्षिकसत्र खेर जाने जोखिम बढेपछि सरकारले विद्यालय सञ्चालन गर्न दिने भएपछि स्वास्थ्य मापदण्ड अपनाइ बन्द रहेका विद्यालय खोलेर कक्षा सञ्चालन गर्न अनुमति दिएको क्षेत्रीय शिक्षा विकास निर्देशनालय दिपायल राजपुरले जनाएको छ। 

तर विद्यालय सञ्चालन गर्दा विद्यालयमा हात धुने पानी, स्वास्थ्य तथा सरसफाइ सुविधाको व्यवस्था गर्ने गराउने, खोकी लाग्दा वा हाच्छिउँ गर्दा मुख छोप्ने, अनिवार्य रुपमा विद्यालयमा थर्मलगन राखी विद्यार्थीको तापमान जाँच गर्नेलगायत आवश्यक स्वास्थ्य सुरक्षा अपनाएर विद्यालय सञ्चालन हुने भएको हो ।

त्यस्तै सामाजिक दूरी कायम गरी पठनपाठन सञ्चालन गर्न पत्राचार गरी विद्यालय सञ्चालन गरिएको दिपायल सिलगढी नगर पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत खेमराज गुरुङले जानकारी दिएका छन्। 

Womui
Womui