बाँकेमा बेवारिसेका लागि ‘बा–आमा घर’

52

नेपालगन्ज– बाँकेमा बेवारिसे व्यक्तिका लागि बा–आमा घर सञ्चालनमा आएको छ । नेपालगञ्ज-१८ कारकाँदो भुजइगाउँमा बेवारिसे व्यवस्थापन तथा पुनर्जीवन केन्द्र सञ्चालनमा ल्याइएको हो । बेवारिसेको उद्धार, उपचार र पुनर्जीवन प्रदान गर्न बेवारिसे व्यवस्थापन तथा पुनर्जीवन केन्द्र शाखा कार्यालय नेपालगञ्जले २५ जना क्षमताको चार कोठे घर आश्रमका रुपमा सञ्चालनमा ल्याएको छ। अलपत्र र बेवारिसे अवस्थामा रहेका व्यक्तिहरुको उद्धार गर्दै आइरहेको केन्द्रले औपचारिक रुपमा शनीबार आश्रम शुभारम्भ गरेको हो ।

एक कार्यक्रमका बीच बागेश्वरी अशल शासन क्लव (बास)का अध्यक्ष रमेश सीटौलाले पानसमा बत्ती बाल्दै रिबन काटेर आश्रम शुभारम्भ गरेका छन् । अध्यक्ष सीटौलाले बेवारिसेहरुको व्यवस्थापन र नयाँ जीवनको पहल चुनौतीपूर्ण रहे पनि सामूहिक सहकार्यले सहज बनाउने विश्वास लिएको बताए । केन्द्रकी सहसचिव समुना पोख्रेलका अनुसार केन्द्रले हाल सम्म १२ जना बेवारिसेको उद्धार तथा व्यवस्थापन गरिएको छ । हाल भेरी अस्पतालमा ३ जनाको उपचार भइरहेको छ भने ४ जनाको शव व्यवस्थापन गरिसकिएको छ ।

Womui
Womui