अहिलेको सरकार असफलः डा. महत

155

शमशेरगन्ज– देश विभिन्न अवरोह पार गर्दै गणतान्त्रि क संरचनामा गए पनि जनताले चाहेको विकास हुन नसकेको नेपाली कांग्रेसका सहमहामन्त्री एवम् कोरोना कोभिड–१९ अनुगमन समितिका केन्द्रीय सदस्य डा. प्रकाश शरण महतले बताएका छन् । प्लाजा दान कार्यक्रममा सहभागी हुन नेपालगन्ज शनिबार नेपालगन्ज आइपुगेका डा. महतले कार्यकर्ता भेटघाट कार्यक्रममा सो कुरा बताएका हुन् ।

आइतबार भेटघाट कार्यक्रममा राप्ती सोनारी गाउँपालिका पुगेका डा. महतले दुई तिहाइको सरकार पूर्ण रुपमा असफल भइसकेकाले यस्तो बेलामा सरकारलाई खबरदारी गर्न आवश्यक रहेको बताए । गणतान्त्रिक शासन व्यवस्थामा देशमा भ्रष्टाचारी बढेको, विश्वमा महामारीको रुप लिएको कोरोना भाइरसले जटिल बनाएको अवस्थामा झनै अनियमिता बढेको भन्दै आफ्ना कार्यकर्तालाई आम नागरिकको हितका लागि सरकारलाई खबरदारी गर्नु पर्ने बताए । पार्टीभित्रको गुट–उपगुटलाई अन्त्य गरी कांग्रेसलाई बलियो बनाउनुको विकल्प नरहेको बताउँदै उनले पार्टीभित्रको गुट–उपगुट अन्त्य गरी आगामी निर्वाचनमा नेपाली कांग्रेसलाई देशको नेतृत्व तहमा पु¥याउनका लागि अहिलेदेखिनै कार्यकर्ताले कम्मर कसेर लाग्नु पर्ने बताए । कोरोना भाइरसको कहर अझै अन्त्य नभइसकेको भन्दै डा. महतले कोरोना भाइरसलाई ख्याल ठट्टा नलिई सरकारले बनाएको मापदण्डमा रहेर सुरक्षित जीवनयापन गर्नु पर्ने डा. महतको भनाइ रहेको छ ।

कोराना भाइरसबाट आफू पनि बच्ने र अरुलाई पनि बचाउनको लागि जिम्मेवार नागरिकको बन्न सबैलाई आह्वान गर्दै उनले कोरोना भाइरसबाट निको भएकाले प्लाज्मा दान गरेर अरुको जीवन रक्षा गर्न आग्रह गरे । कार्यक्रममा राप्ती सोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारुले स्थानीय स्तरदेखि केन्द्रीयस्तर सम्मका नेता कार्यकर्ता मिलेर जानु पर्ने अहिलेको टड्कारो आवश्यकता रहेको औँल्याए । नेपाली कांग्रेस राप्तीसोनारी सभापति भीमबादुर रानाको सभापतित्वमा भएको भेटघाट कार्यक्रममा नेपाली कांग्रेस बाँकेका उपसभापति फुलाराम थारु, महाधिवेश सदस्य लक्ष्मी नारायण शाह, बाँके क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति माधवराम खत्रीलगायत जिल्ला एवम् स्थानीय कार्यकर्ताको उपस्थिति रहेको थियो भने कार्यक्रम सञ्चालन नेपाली कांग्रेस राप्ती सोनारीका सचिव तुलाराम खत्रीले गरेका थिए ।

Womui
Womui