गाडी रोकेर जबरजस्ती रकम असुल्ने ६ युवा पक्राउ

53

नवलपरासी–राजमार्गमा गाडीलाई रोकेर जबरजस्ती रकम असुली गर्ने ६ युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बर्दघाट नगरपालिका–४ स्थित राजमार्गमा जबरजस्ती रकम असुली गरेको अभियोगमा प्रहरीले बर्दघाट–४ का २४ वर्षीय कमल राना र मनिष कुँवर, २३ वर्षीय सञ्जय सुनार, २९ वर्षीय सुजनमान श्रेष्ठ, ३१ वर्षीय निर्मल खरेल र ३० वर्षीय सुजन तिमिल्सिनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय परासीका प्रहरी निरीक्षक राजीव श्रेष्ठले जानकारी दिए । 

लमजुङबाट रुपन्देहीको खैरेनीतर्फ कुखुरा लिएर जाँदै गरेको प्रदेश ०३-००१च०२२० नम्बरको जिपलाई रोकी भेटेरेनरी बिल देखाउन भन्दै गाडीको साँचो खोसेर युवाहरुले रकम माग गरेका थिए ।

Womui
Womui